


कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका-५ शान्ति चोकमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । बिहिवार साँझ ६ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ त ९८५८ नम्बरको ट्याक्टरले बितरीत दिशाबाट आउँदै गरेको को ३२ प ३७६९ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक कानेपोखरी गाउँपालिका-२ केरौनका ३२ बर्षीय दिलिप चौधरी घाईते भएका थिए ।


घाईतेलाई उपचारको लागी कोशी अस्पताल पठाईएकोमा उपचारको क्रममा राती पौने ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

