


स्पेनिस क्लब भिल्ला रियलले युरोपा लिग फुटबलको उपाधि जितेको छ ।


बुधबार राति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडलाई पेनाल्टी सुटआउटमा ११-१० ले पराजित गर्दै भिल्ला च्याम्पियन बनेको हो ।


पोल्याण्डको पोल्साट एरिनामा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएको थियो ।


खेलको २९ औ मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए ।
तर, खेलको ५५ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा फर्काएका थिए ।

खेल बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउट समेत रोमान्चक बनेको थियो ।
तर, कुल २२ पेनाल्टी प्रहार युनाईटेडका गोलकिपर डेभिड डी गेया भने गोल गर्न असफल भए ।
गेयाको प्रहार भिल्लाका गोलकिपर रुलीले बचाएका थिए ।
यससँगै भिल्लाले पहिलो पटक युरोपा लिगको उपाधि जित्न सफल भएको छ ।
भिल्लाको इतिहासमा यो नै सर्वाधिक ठुलो उपाधि हो ।
