


उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग बहादुर फागो कोरोना संक्रमणका कारण मृत्यु भएका व्याक्तिहरुको शव व्यावस्थापनमा आफै जुट्ने गरेका छन् । पछिल्लो समय कोरोना संक्रण दोस्रो लहरका कारण पालिकामा कोरोना संक्रमण पुष्टि भई मृत्यु बरण गरिरहेका नगरबासीहरुको दहासस्कार स्थलमा उपस्थित भएर मेयर फागो शव व्यावस्थापनमा खटिने गरेका हुन ।


कोरोना संक्रमणका कारण उर्लाबारी नगरपालिकाले पछिल्लो समय तत्कालिन उर्लाबारी गाउ विकाश समितिका उपाध्यक्ष ६७ वर्षीय कुमार धिमाललाई गुमाउन पुग्यो । धिमाल तत्कालिन उर्लाबारी गाविस रहदा २०५४ सालको स्थानिय निर्वाचनमा नेकपा एमाले बाट उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । धिमालको परिवारमा कोरोना दोस्रो लहरका कारण परिवारका १० जना सदस्यमा संक्रमण पुष्टि भएको थियो ।


कोरोना पुष्टि भएका अन्य परिवारका सदस्यहरुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेता पनि धिमालका जेठा छोराको भने अहिले पनि सोही अस्पतालमा उपचार हुदै आएको छ । कारोना संक्रमण पुष्टि भएपछि धिमाल झापाको वि एण्ड सी अस्पतालमा उपचारत थिए उनको बुधवार उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको खवरले उर्लाबारी बासीलाई स्तव्ध बनायो । कोरोना संक्रमण बाट मृत्यु भएकाहरुको व्यावस्थापन तथा अन्तिम सस्कारका लागि नेपाल सरकार कोभिड व्यावस्थापन इकाई युनिट अन्र्तगतको नेपाली सेनाको टोली आउन ढिलो हुने भएपछि मेयर फागो परिवार सगै शव व्यावस्थापनमा लागि परेका हुन ।


कोरोना महामारीका कारण मृत्यु भएका व्यक्तिहरुको व्यावस्थापनमा सामाजिक उत्तरदायित्वको भावना समेत हराएको अहिलेको अवस्थामा आफु ‘स्वास्थ्यसम्बन्धी सुरक्षात्मक उपाय अपनाउदै संक्रमितको हौसला बढाउन र मृतकको व्यावस्थापनमा लागि परेको बताउछन् । धिमाल सहित उर्लाबारीमा महिला ९ र पुरुष ८ गरि १७ जना पुगेको उर्लाबारी नगरपालिकाका स्वास्थ्य संयोजक सुरेश खड्काले बताए ।