


इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायर/एसियन कप क्वालिफायरको लागि नेपाली फुटबल टोली आज राति इराक प्रस्थान गर्दैछ ।


नेपाली टोली आज राति १० बजे कतार एयरवेजको विशेष उडानमार्फत इराक प्रस्थान गर्दैछ ।


टोलीमा २३ खेलाडी, तीन प्रशिक्षक, फिजियो, म्यानेजरलगायत अन्य १२ जना छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल समेत नेपाली टोलीसँगै जानेछन् ।


कुवेतका अब्दुल्लाह अलमुताइरी मुख्य प्रशिक्षक बनेपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।
नेपालले जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ र विश्वकप छनोटका तीन खेल खेल्न कुवेत जानेछ । जहाँ नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।
समूह बी मा रहेको नेपालले यसअघि ५ खेल खेल्दा १ जितबाट ३ अंक जोडेको छ ।नेपालले फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को दोस्रो चरणमा प्रतिस्पर्धा गरिरहेको छ। समूह ‘बी’ रहेको नेपाल ३ अंक जोड्दै चौथो स्थानमा छ। समूहमा नेपालभन्दा पछि अंकविहीन चाइनिज ताइपेई छ।
समूहको शीर्ष स्थानमा १२ अंक जोडेको अस्ट्रेलिया छ। दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १०-१० अंक छ।
नेपाल र इराकबीच यसअघि तीन पटक प्रतिस्पर्धा भएको छ। तीनै खेलमा इराक विजयी भएको थियो। पछिल्लो पटक २००१ मा भएको विश्वकप छनोटमा इराकले नेपाललाई ४-२ गोलले पराजित गरेको थियो। फिफा वरीयतामा नेपालभन्दा इराक १०३ स्थान माथि छ। इराक विश्व वरीयतामा ६८औं स्थानमा छ भने नेपाल १७१औं स्थानमा छ।
को–को छन् नेपाली टिममा ?
गोलकिपर : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास
मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी, पुजन उपरकोटी, आयुष घलान
फरवाड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा
अफिसियलहरु
मुख्य प्रशिक्षक : अबदुल्लाह अलमुताइरी
प्रशिक्षक : किरण श्रेष्ठ
गोलकिपिङ प्रशिक्षक : विकास मल्ल
फिजियो : आविष्कार पुडासैनी
अन्य अफिसियलहरु
मधुसुदन उपाध्याय
रमेशकुमार सिलवाल
शिक्षित पराजुली
शिरीष राजभण्डारी
विकास गुरुङ
शैलेन्द्र अधिकारी
हिमविक्रम केसी
कृष्णभक्त मानन्धर