


सुन्दरहरैचा । जिल्ला प्रशासन कार्यालय मोरङले मोरङ जिल्ला भरी निषेधाज्ञा लगाए पनि सुन्दरहरैचा नगरपालिकामा दिन प्रतिदिन अत्याधिक मात्रामा कोरोना भाईरसको सक्रमण फैलिदै गएको छ ।



स्थानिय तह सुन्दरहरैचा नगरपालिकाले समेत कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न सर्वदलिय बैठक बसि केही निर्णय गरेको छ । सर्वदलिय बैठकमा जिल्ला प्रशासन कार्यालय मोरङले बैक सावधानी अपनाएर खोल्न भने पनि आइतबार सुन्दरहरैचा नगरपालिकाले नगर भरी रहेका बैकका प्रतिनिधिहरु सग बैठक बसि पुन अर्को निर्णय गर्यो ।



निर्णयमा भनिएको छ ” कोरोना भाइरस रोकथाम गर्न साथै निषेधाज्ञालाई पुर्ण रुपमा कार्यान्वयन गर्न बैकहरु सुरक्षा विधि अपनाई हप्ताको ४ दिन मात्र खोल्नुपर्ने छ ।” तर बैक तथा वितिय सस्थाहरुले आफै बसेर गरेको निर्णय उल्लंघन गरेका छन ।



अघिल्लो दिन सुन्दरहरैचा नगरपालिकाको कार्यालयमा बसेर निर्णय गरेका बैकका प्रतिनिधिहरुले स्थानिय तहले गरेको निर्णयलाई नै बेवास्ता गरेको छ ।
सुन्दरहरैचा नगर क्षेत्रमा रहेका एन आइसी एसिया बैक, माछापुछ्रे बैक, सनराइज बैक लिमिटेड, प्राइम कमर्सियल बैक शाखा खोर्साने , मितेरी डेबलपमेन्ट बैक लिमिटेड लगायतका अधिकांश बैकहरु भने सोमबार समेत खुल्ला रहेको छ ।
बैक प्रतिनिधि र नगरपालिका बिछ वैशाख २६ गते आइतबार हप्ताको ४ दिन आइतबार, मंगलबार , बिहिबार र शुक्रबार मात्र बैक सञ्चालन गर्ने सहमती भएको थियो ।
