


उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा दाजुले भाईलाई कुट्दा भाईको मृत्यु भएको छ । त्रियुगा -९ का ५० बर्षीय पुलकित चौधरीले कुटपिट गर्दा भाई ३६ बर्षीय खुशिलाल चौधरीको मृत्यु भएको छ ।


गत २० गते राती ८ बजेको समयमा सामान्य बिषयलाई लिएर दाजु भाई वीच बादबिबाद भई कुटपिट हुँदा घाईते भएका खुशिलाललाई उपचारको लागी जिल्ला अस्पताल गाईघाट लगिएको थियो तर जिल्ला अस्पातलमा उपचार हुन नसके पछी उनलाई थप उपचारको लागी बिराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो ।


भाई खुशीलालको उपचारको क्रममा बुधवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनामा संग्लग्न पुलकितलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

