EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

मेयर फागोको लोकप्रियता: बद्नाम गराउन केही व्याक्तिहरु समुह नै बनाएर लागे

by Eastkhabar
बैशाख २२, २०७८
in ब्यानर न्युज, राजनिती
0
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

उर्लाबारी । उर्लाबारी नगरपालिका मेयर खड्ग बहादुर फागोको बद्नाम गराउन केही व्याक्तिहरु समुह नै बनाएर लागि परेका छन् । मेयर फागोको बदनाम गराउन लागी परेको समुह कुनै दुधले नुहाएको समुह भने हैन उनीहरुको विभिन्न समय खण्डमा भएका प्रकरणहरुको फेहरिस्त पनि लामै छ ।

आफु निस्कलङक भए पो अरुमाथी औला उठाउन पनि स्वभनिय हुन्छ । भनिन्छ नि आफ्नो आङको भैसी नदेख्ने अर्काको आङको जुम्रो देख्ने । मेयर फागोको बद्नामीमा लाग्ने समुहको पनि अवस्था यस्तै हो ।
फागोको विरुद्धमा योजनाबद्ध रुपमा लागेको समुहले गाई मारेर गधा पोस्ने काम बाहेक केही गरेको छैन । निहित व्याक्तिगत स्वार्थपुर्ति नहुदा हात धोएर फागो विरुद्ध लागेको समुहलाई साथ दिदै अगाडी बढेकाहरु “साझो रुखको बाङगो हलो भएको भन्दा नभएकै भलो” भन्ने भनाइलाई चरितार्थ गर्ने समुहको नाइके भएको जानकारहरु बताउछन् । जसले उर्लाबारीकै बद्नामी गर्नु शिवाय कुनै माखो मारेका छैनन् ।उर्लाबारीको समृद्धिका लागि नगरबासीको सर्वोत्तम हितमा काम गर्दै आएका फागोमाथी यति बेला तथ्यहिन र आधारहिन……. रे का भरमा अनगर्ल प्रचार गर्दै चौतर्फी प्रहार हुन थालेको छ ।

जनहितमा निरन्तर काम अघि बढाइरहेको अवस्थामा मेयर फागोमाथी चौतर्फी प्रहार हुन थालेको हो । नियोजित रुपमा समूह नै खडा गरेर मेयर फागोमाथी सामाजिक सञ्जालमा प्रहार गरिरहेको छ । कांग्रेसबाट निर्वाचित मेयर फागोको लोकप्रियता देखेर कांग्रेसभित्रकै समूह हात धोएर लागि परेका छन् । मेयर फागोलाई विवादमा तान्न अनेकौं तानाबुना बन्ने काम भइरहेको जानकार स्रोत बताउँछ ।

फागोलाई रहस्यमय मृत्यु भएका उर्लाबारीका युवा प्रविण बास्तोला प्रकरणदेखि नै तानाबुना बुनिएको हो । प्रविणको न्यायको माग गर्न भन्दा पनि भिउज बटुल्न र पिडीतलाई चिच्याइ-चिच्याई उफ्रिन लगाएर भावविह्वल बनेको पिडीत परिवारको आशु र बेदना बेचेर व्यापार गर्न आएका आएका केही प्रोपोगाण्डी युटुवरहरुको कारण पनि मेयर फागो लाई नियोजित समुहले विवादमा तानेको जानकार स्रोत बताउछ ।

हक्की स्वभावका मेयर भएका कारण आक्रोशमा ल्याउने र विवाद सिर्जना गर्ने रणनीति त्यो बेला उनिहरुले गरेको र त्यसलाई कथाकथित युट्युवर व्यापारीहरुले राम्रै व्यापार गरेर स्रोतको भनाई छ । प्रविण बास्तोला मृत्यु प्रक्ररणमा प्रहरीले अुनसन्धानमा गरेको लपरवाहीका कारण पिडीत बनेको बास्तोला परिवारलाई न्यायको पहल गराउन परिवारकै साथमा रहेर स्थानिय स्तर देखी राष्ट्रिय स्तरका मिडिया सम्म लागे तर कहि कतै कोही पनि घटनाको मुल भाव भन्दा बाहिर गएनन् प्रहरी लाई खवरदारी गरिरहे र अन्तयमा आरोपीहरु कानुनको कठघारमा उभिए तर त्यही घटना क्रममा जोडिएका केही प्रोपोगाण्डी युट्युव व्यावसायीहरुले पिडतको आशु सगै मेयरलाई जोडर भाइरल कन्टेन बनाएर फर्किए । सोही प्रकरणदेखि मेयर फागोमाथी नियोजित रुपमा प्रहार भइरहेको छ

मेयर फागोलाई सामाजिक सञ्जालमा मार्ने धम्कीदेखि विभिन्न आरोपहरु लगाउने काम भएको छ । धमिलो पानीमा माछा मार्नेहरु सल्बलाउन थालेका छन् । मेयर फागोले आफुमाथी नियोजित र भ्रमपूणर् प्रचारबाजी भइरहेको बताएका छन् । जनतामा काममा खटिरहेको छु, कसले के भन्छ भन्नेतिर ध्यान नभएको फागोको भनाई छ ।

आफना बारेमा कुत्सित मनशाय राखी भइरहेको तथ्यहीन प्रचारप्रसारप्रति जनताले बुझेको उल्लेख गर्दै नगरबासीको अहित हुने कुनै काम नगरेको र नगर्ने दाबी गरे । गलत प्रचारबाजीले आफु हतोत्साही नहुने अनि कमजोर धरातलमा टेकेर गरिएका गलत प्रचारप्रसारले आफुलाई कर्तव्य निर्वाहबाट च्यूत नगराउने मेयर फागोको भनाई छ ।

Post Views: 778
Previous Post

सुन्दरहरैचामा पजेरोले स्कुटरलाई ठक्कर दिदा एक जना गम्भिर घाइते

Next Post

दाजुको कुटपीट बाट भाईको मृत्‍यु

Eastkhabar

Related Posts

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना
ब्यानर न्युज

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

माघ १, २०७९
बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती
राजनिती

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती

पुस २७, २०७९
कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा
राजनिती

सत्ता गुम्दैमा नआत्तिन कार्यकर्तालाई विश्वप्रकाश आग्रह

पुस १६, २०७९
प्रचण्डले चितवन–३ छाडे
राजनिती

दाहाल प्रधानमन्त्रीमा नियुक्त

पुस १०, २०७९
प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड
राजनिती

प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड

पुस ८, २०७९
गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा
राजनिती

गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा

पुस ७, २०७९
Next Post
नेपाल फर्किने टिकटसमेत काटेका गगनको कोरियामै निधन

दाजुको कुटपीट बाट भाईको मृत्‍यु

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.