


सुन्दरहरैचा । मोरङ सुन्दरहरैचा-७ बस्ने ६५ बर्षीया मैया श्रेष्ठको टिफरको ठक्करबाट मृत्यु भएको छ । आज बिहान सवा ५ बजे सुन्दरहरैचा-७ स्थित राजमार्गमा प्रदेश १- ०२-००१ ख ८५३० नम्बरको टिफरले पैदल हिडिरहेकी मैयालाई ठक्कर दिदा उनि गम्भिर घाइते भएकी थिईन ।


गम्भिर घाईते भएकी उनको नोबेल अस्पताल बिराटनगरमा उपचार क्रममा ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने टिफर र चालक सुन्दरहरैचा-५ का कुमार भण्डारी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

