EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

प्रधानमन्त्री ओलीका कारण देश बर्बादीतर्फ अघि बढ्यो : डा. शेखर कोइराला

by Eastkhabar
चैत्र २९, २०७७
in गण्डकी प्रदेश, राजनिती
0
कांग्रेसले बोलायो पदाधिकारी बैठक
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान प्रधानमन्त्री खड्कप्रसाद ओलीका कारण देश वर्वादीतर्फ अघि बढेको बताएका छन् । नेता कोइरालाले भने, ‘संस्कार र नैतिकतामा ध्यान दिन नसक्दा आम नागरिकमाथि राजनीति अन्याय भएको छ ।’

शान्ति नायक स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसको अवसरमा आयोजित फोटो प्रदर्शनी एवं विचार गोष्ठीमा नेता कोइरालाले वर्तमान सरकार निरंकुशता र आधिनायकवाद तर्फ अघि बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।

उनले भने, ‘प्रधानमन्त्री ओलीले आफूलाई केन्द्रमा राखेर देश चलाउँदा लोकतन्त्र नै धरापमा प¥यो ।’ गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीको आयोजनामा भएको गोष्ठीमा प्रखर तथा निडर नेता शेखर कोइरालाले देश र जनताको हितमा मिलिजुली सरकार छिटो भन्दा छिटो बनाउन आवश्यक भएको बताए ।

अविश्वासको प्रस्ताव दर्ता गर्न ढिलो भइसकेको धारणा राख्दै सभामुखले बिजनेस नदिएको आरोपसमेत लगाए । नेता कोइरालाले आगामी मंसिर तथा चैत महिनामा देशलाई निकास दिन निर्वाचनको विकल्प नरहेको स्पस्ट पारे ।

नेता कोइरालाले पार्टी नेतृत्व नबोल्नु दुःखद भएको टिप्पाणी गर्दै राष्ट्रियता र प्रजातन्त्र कमजोर बनाउने छुट कांगे्रसलाई नभएको उल्लेख गरे । पार्टीको महाधिवेशन कात्तिक ७ मै गराउन कार्यकर्ता जुमुर्राउने समय आएको बताए ।

पार्टी नेतृत्वप्रति समय खर्र्चेका कोइरालाले घुमाउरो पारामा आफू सभापतिको दावेदार भएको उल्लेख गरे । फाउन्डेसन कास्की संयोजक यादवराज अधिकारीको अध्यक्षतामा भएको सभामा नेता गुरुराज घिमिरेले विश्वराजनीतिमा गिरिजाप्रसादले ३ वटा ठूला क्रान्ति गरेको उल्लेख गरे ।

गिरिजाप्रसादले सहमति, सहकार्य र एकताको माध्यमबाट नेपालको राजनीतिक भविष्य निर्धारण गरेको विचार राखे । सभामा नेतृ कमला पन्तले २०४८ देखि ०५१ सम्मको गिरिजाप्रसादको अर्थ नीतिले आजसम्म देश चलेको बताइन् ।

सभामा नेता जीवन परियार, नेतृ रत्ना शेरचन, जीपी फाउन्डेसन गण्डकी प्रदेश संयाजक शारदा पौडेल, नेपाली कांग्रेस कास्कीका सभापति कृष्णबहादुर केसी, पूर्व सभापति शुक्रराज शर्मा, यज्ञबहादुर थापा, सोभियतबहादुर अधिकारी, नेता देवराज चालिसे, खोटाङका पूर्व पार्टी सभापति सुवास पोखरेल, राष्ट्रिय सभाका सचेतक अनिता देवकोटा, पूर्व राष्ट्रिय सभा सदस्य वृन्दादेवी आले राना, अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवर, तरुण दल कास्कीका सभापति मनोज गुरुङ, नेता विजयराज आचार्य लगायतले विचार गोष्ठीमा धारणा राखेका थिए ।

यसैबीच नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समितिद्वारा प्रकाशित भित्तेपात्रो विमोचन भएको छ । संघका महासचिव केदार धमलाको नेतृत्वमा भएको विमोचन सभामा प्रमुख अतिथि डा. शेखर कोइरालाले श्रमिकको समस्यामा कांग्रेस प्रतिबद्ध भएको बताए ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीद्वारा आयोजित विचार गोष्ठीमा भएको विमोचन सभामा महासचिव केदार धमलाले श्रमिकको समस्या समाधान नभएसम्म देशमा परिवर्तनमा आभाष नहुने बताए ।

धमलाले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जोड्न सरकार असफल भएको बताउँदै छिटो भन्दा छिटो सुरक्षा कोषमा जोड्न कांग्रेस पार्टीले पहल गरिदिन आग्रह गरे ।

Post Views: 753
Previous Post

कांग्रेसले बोलायो पदाधिकारी बैठक

Next Post

विद्यालय बनाउन भारतद्वारा त्रियुगा नगरपालिका ४ करोड २९ लाख सहयोग

Eastkhabar

Related Posts

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती
राजनिती

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती

पुस २७, २०७९
आगलागीबाट पुर्व वडाध्यक्षको मृत्यु
गण्डकी प्रदेश

आगलागीबाट पुर्व वडाध्यक्षको मृत्यु

पुस १८, २०७९
कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा
राजनिती

सत्ता गुम्दैमा नआत्तिन कार्यकर्तालाई विश्वप्रकाश आग्रह

पुस १६, २०७९
प्रचण्डले चितवन–३ छाडे
राजनिती

दाहाल प्रधानमन्त्रीमा नियुक्त

पुस १०, २०७९
प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड
राजनिती

प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड

पुस ८, २०७९
गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा
राजनिती

गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा

पुस ७, २०७९
Next Post
विद्यालय बनाउन भारतद्वारा त्रियुगा नगरपालिका ४ करोड २९ लाख सहयोग

विद्यालय बनाउन भारतद्वारा त्रियुगा नगरपालिका ४ करोड २९ लाख सहयोग

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.