EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

देउवालाई प्रधानमन्त्री बनाउन माओवादी केन्द्र सहमत

by Eastkhabar
चैत्र २९, २०७७
in राजनिती
0
देउवालाई प्रधानमन्त्री बनाउन माओवादी केन्द्र सहमत
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखेका छन्।

यो प्रस्तावलाई माओवादी केन्द्रले समर्थन गरे पनि जनता समाजवादी पार्टीले थप समय माग गरेको छ।

शुक्रबार अपरान्ह बुढानिलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले सरकार बनाउने औपचारिक प्रस्ताव माओवादी केन्द्र र जसपाका शीर्ष नेतासँग राखेका थिए।

आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, देव गुरूङ थिए भने जसपाबाट अध्यक्षहरू बाबुराम भट्टराई, महन्थ ठाकुर र उपेन्द्र यादव तथा नेताहरू राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए।

कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्मा थिए।

यही बैठकमा देउवाले कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्ताव पहिलोपटक औपचारिक रूपमा राखेका हुन्।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत चैत २० को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन अग्रसरता लिने निर्णय गरेको थियो।

पार्टीले सरकार बनाउन ढोका खोलिदिएको एक सातापछि देउवाले आज तीन दलको बैठक राखेका थिए। बैठकको सुरूमै देउवाले कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्ताव राख्दै अन्य दलबाट समर्थन खोजेका थिए।

देउवाको प्रस्तावमा माओवादी केन्द्रले समर्थन जनाए पनि जसपाले पार्टीमा छलफल गर्नुपर्ने भन्दै समय माग गरेको छ।

अर्को बैठक छिटै बस्ने गरी आज आधा घण्टामै बैठक सकिएको थियो।

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै जसपा अध्यक्ष महन्थ ठाकुरले कांग्रेसबाट सरकार बनाउने प्रस्ताव आएको बताए।

‘कांग्रेसबाट सरकार बनाउन पहिलोपटक प्रस्ताव आएको छ, यसबारे हामीले पार्टीमा छलफल गर्नुपर्नेछ,’ उनले भने।

पार्टीका नेताहरूलाई लगाइएका मुद्दा फिर्ता लिनेबारे प्रधानमन्त्री ओलीसँग पनि कुराकानी भइरहेको उनको भनाइ थियो।

‘मुद्दा फिर्ता लिन प्रधानमन्त्री ओलीजीसँग पनि कुरा भइरहेको छ, देउवाले पनि ती माग पूरा गर्छु भन्नुभएको छ,’ उनले भने।

कसको नेतृत्वमा सरकार बनाउने भन्नेबारे पार्टीमा छलफल हुनै बाँकी रहेको अध्यक्ष ठाकुरको भनाइ थियो। जसपामा ओलीलाई नै समर्थन गर्ने कि देउवालाई सहयोग गर्ने भन्नेबारे दुई धार देखिएको छ।

‘कांग्रेसले सरकार बनाउने हो तपाईंहरूले सहयोग गर्नुस् भनेर देउवाजीले भन्नुभएको छ,’ ठाकुरले भने, ‘यसबारे हाम्रो पार्टीमा छलफल हुन पाएको छैन, आज त यो प्रस्ताव आएको छ।’

देउवाले बोलाएको बैठकमा सहभागी हुनुअगाडि जसपाका शीर्ष नेताहरू बैठक गरेर एक ढिक्का भएर अघि बढ्ने सहमतिमा पुगेका थिए।

Post Views: 714
Previous Post

चितवनमा गाडी दुर्घटना: दुईको मृत्यु, ७ घाइते

Next Post

साईकल चोरी गर्ने पक्राउ

Eastkhabar

Related Posts

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती
राजनिती

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती

पुस २७, २०७९
कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा
राजनिती

सत्ता गुम्दैमा नआत्तिन कार्यकर्तालाई विश्वप्रकाश आग्रह

पुस १६, २०७९
प्रचण्डले चितवन–३ छाडे
राजनिती

दाहाल प्रधानमन्त्रीमा नियुक्त

पुस १०, २०७९
प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड
राजनिती

प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड

पुस ८, २०७९
गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा
राजनिती

गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा

पुस ७, २०७९
अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग
राजनिती

अर्याललाई मुख्यमन्त्री बनाउन काङ्ग्रेस कार्यकर्ताको माग

मंसिर २८, २०७९
Next Post
साईकल चोरी गर्ने पक्राउ

साईकल चोरी गर्ने पक्राउ

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.