


माेरङ । अाधारभुत सहकारीको लेखा सम्बन्धि ६ दिने तालिम सुनसरीको ईनरुवामा अाईतबार बाट सुरु भएको छ ।
तालिम सहकारी प्रशिक्षालय प्रदेश न १ ईनरुवा सुनसरीले अायाेजना गरेकाे हाे । प्रशिक्षालयकाे तालिम हलमा अायाेजित तालिममा १३ अाेटा जिल्लाका सहकारी कर्मिहरुकाे सहभागीता रहेको छ ।
तालिममा विभिन्न सहकारी संस्थामा अावद्व सहकारीका व्यावस्थापक , कार्य समिति लेखा, समिति लगायतका पदाधिकारीहरुकाे सहभागीता रहेको छ ।
तालिमको उद्घाटन सहकारी प्रशिक्षालय ईनरुवा सुनसरी साखा अधिकृत नरेन्द्र पराजुलीले व्यानर पढेर गर्नुभएको छ ।
तालिममा लेखाकाे परिचय, लेखामा प्रयाेग हुने शव्दावलि , लेखाङ्कन नियम समिकरण लगायत बिषयमा छलफल साथै अभ्यास समेत हुने भएको छ ।
६ दिनसम्म सञ्चालित तालिमको सहजिकरण साखा अधिकृत द्वय नरेन्द्र पराजुली र एकनाथ दाहालले गर्नुहुने भएको छ ।
तालिम सहकारी कर्मिहरुलाई कार्य सम्पादनमा उर्जा थप्दै दक्ष्य बनाउने उदेश्यले सञ्चालन गरिएको अायाेजकले जनाएको छ ।


Discussion about this post