EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

नेपाल टेलिकमको १३औं वार्षिक साधारणसभा सम्पन्न, ४० प्रतिशत लाभांश पारित

by Eastkhabar
चैत्र २८, २०७७
in सुचना प्रवीधी
0
नेपाल टेलिकमको १३औं वार्षिक साधारणसभा सम्पन्न, ४० प्रतिशत लाभांश पारित
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को १३औं वार्षिक साधारणसभा आज शुक्रबार सम्पन्न भएको छ । त्रिभुवन आर्मी अफिसर्श क्लब, काठमाडौमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७६÷७७ को मुनाफा रकममध्येबाट प्रतिशेयर ४० रूपैयाँ (४० प्रतिशत)का दरले शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

साधारणसभामा करिब ९२ प्रतिशत शेयरधनीहरूको उपस्थिति रहेको सभाले आर्थिक वर्ष २०७६÷७७ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६÷७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७७÷७८ का लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेन्ट प्रकाशजंग थापा र चार्टर्ड एकाउण्टेन्ट पियुष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नाका साथै पारिश्रमिक समेत तोकेको छ ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, निर्वाचन अधिकृतको कार्यालयका तर्फबाट निर्वाचन अधिकृतले सर्वसाधारण शेयरधनीहरूको तर्फबाट नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सञ्चालकका रूपमा अम्बिका प्रसाद पौडेल निर्विरोध रूपमा निर्वाचित भएको भनी गरेको घोषणालाई साधारणसभाले अनुमोदन गरेको छ ।

सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले साधारणसभामा उपस्थित शेयरधनीहरूलाई स्वागत गर्दै कम्पनीको १३औं वार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उनले कोभिड–१९ को प्रभावको कारण तोकिएको समयभन्दा केही पछाडि वार्षिक साधारणसभा गर्नुपरेको बताउँदै शेयरधनीलाई आकर्षक प्रतिफल उपलब्ध गराएको बताए ।

दूरसञ्चार सेवालाई आर्थिक विकासको संवाहकको रूपमा स्वीकार गरिएको सन्दर्भमा कम्पनीले कर राजस्व संकलन, डिजिटल डिभाइड न्यूनीकरण, डिजिटल साक्षरता विस्तार, विद्युतीय सरकारको अवधारणा साकार पार्न लाग्नाका साथै ज्ञानमा आधारित समाज निर्माणको माध्यमबाट राष्ट्र निर्माणमा अतुलनीय योगदान पुर्याउँदै आएको अध्यक्ष बस्यालको भनाइ छ ।

मूलतः कम्पनीको कुल आयको ५० प्रतिशतभन्दा अधिक हिस्सा आयकर, मूल्य अभिवृद्धि कर, सेवा शुल्क, रोयल्टी, लाभांश लगायत शीर्षकमा राजस्वको ढुकुटीमा जम्मा गर्दै आएको उनले बताएका छन् ।

लकडाउन अवधिमा कम्पनीले टपअपमा प्रदान गरेको शतप्रतिशत बोनस, जिरो ब्यालेन्स प्याकेज, मोबाइल इन्टरनेट सेवाको आधारभूत दरमा प्रदान गरिएको २७ देखि ३० प्रतिशतसम्मको छूट, कोरोना राहत कोषमा कम्पनीको तर्फबाट १० करोड रूपैयाँ र कर्मचारीको तर्फबाट २ करोड रूपैयाँ गरी जम्मा १२ करोड योगदान गरेको अध्यक्ष बस्यालले जानकारी दिएका छन् ।

Post Views: 1,008
Previous Post

अब नेपाली आकाशमा इन्टरनेटको सुविधा

Next Post

फोन गर्न रुखका टुप्पामा !

Eastkhabar

Related Posts

अब अनलाइनबाट घरमा बसीबसी सुन्दरहरैचामा कर तिरौ
प्रदेश १

अब अनलाइनबाट घरमा बसीबसी सुन्दरहरैचामा कर तिरौ

फाल्गुन १६, २०७८
यात्रुको सुरक्षाको लागि हाम्रो राइडको अनलाइन एप सेवा
सुचना प्रवीधी

यात्रुको सुरक्षाको लागि हाम्रो राइडको अनलाइन एप सेवा

पुस १५, २०७८
होटल बुकिङका लागि  प्राइड क्लिक्स् मोवायल एप सञ्चालनमा
सुचना प्रवीधी

होटल बुकिङका लागि प्राइड क्लिक्स् मोवायल एप सञ्चालनमा

अशोज १६, २०७८
वर्ल्डलिङ्कको नेपालमै नया प्रबिधि : मेश वाईफाई
सुचना प्रवीधी

वर्ल्डलिङ्कको नेपालमै नया प्रबिधि : मेश वाईफाई

भदौ २१, २०७८
फोन गर्न रुखका टुप्पामा !
सुचना प्रवीधी

फोन गर्न रुखका टुप्पामा !

चैत्र २८, २०७७
अब नेपाली आकाशमा इन्टरनेटको सुविधा
सुचना प्रवीधी

अब नेपाली आकाशमा इन्टरनेटको सुविधा

चैत्र २८, २०७७
Next Post
फोन गर्न रुखका टुप्पामा !

फोन गर्न रुखका टुप्पामा !

Discussion about this post

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.